बुधबार, बैशाख २६, २०८१

स्थानीय उद्योग व्यवसायको प्रवद्र्धनकालागि चितवन महोत्सव हुँदै

काठमाडौ पौष २१, स्थानीय उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पु-याउने उद्देश्यले आगामी पौष पुस २५ गतेदेखि नारायणी नदी किनारमा चितवन महोत्वसको chitwan-districtआयोजना गरिने भएको छ । उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिकालगायतका करिब एक दर्जन सङ्घसंस्थाको समन्वयमा आयोजना गरिने उक्त महोत्सवमा पर्यटन, स्वास्थ्य र समसामयिक विषय तथा चितवनको समग्र विकासको लागि अवश्यक पूर्वाधारको प्रवद्र्धन गरिने भएको छ ।

त्यस्तै महोत्सवका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार चितवनको विकासकालागि प्रस्तावित योजनाका बारे सभासद्सङग छलफलसमेत गरिने बताइएको छ ।  त्यस्तै गरि यसपटकको महोत्सवमा छवटा विशेष कक्षसहित करिब ४७५ वटा कक्षको व्यवस्था एवम् केराको खानेकुराको विशेष आकर्षण रहने जानकारी दिदै महोत्सव संयोजक कल्याण जोशीले महोत्सव अवधिभर हेलिकोप्टरद्वारा चितवनका रमणीय स्थलहरू अवलोकन भ्रमणको व्यवस्था मिलाइएको जानकरी दिनभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031