मङ्लबार, बैशाख २५, २०८१

राजनीतिक समितिको प्रतिवेदनमाथि छलफल: सत्ताधारी र विपक्षीदलहरु आ-आफ्नै अडानमा

काठमाडौ पौष ६, विधानसभाको आजको बैठकमा आज पनि संवैधानिक–राजनीतिक तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गर्नुभएको  sambidhan-sabha2-214प्रतिवेदनमाथिको छलफल जारी रह्यो ।   आजको छलफलमा सत्तधारीदल आवद्ध सभासदहरुले सहमति भए सहमति बमोजिम र सहमति नभए प्रक्रियामा गएर पनि संविधान बनाउन जोड दिनुभएको थियो भने एमाओवादी लगायतका दलले सहमति नगरी प्रक्रियामा गएर संविधान जारी गर्न नहुनेमा जोड दिँदै प्रक्रियामा गए आफूहरूले स्वीकार नगर्ने आफ्नो अडान प्रस्तत गरेका छन ।

आजको बैठकमा नेपाली काँग्रेसका रमेश लेखक,नेकपा ९एमाले०का गोकर्ण विष्ट त्यस्तै गरि  एमाओवादीका शक्तिबहादुर बस्नेत राप्रपा नेपालका रेशमकुमार लामाले सहमतिको बाटो सकिएकाले विधि र प्रक्रियामा जानुपर्ने र विवादित विषयलाई पुनः समितिमा पठाउनुभन्दा जनमतसङ्ग्रहको माग गरेका थिए।

त्यस्तै गरि छलफलको क्रममा नेपाली काँग्रेसका जगदीश्वर नरसिंह केसी , एमालेका रवीन्द्र अधिकारी मधेसी जनअधिकार फोरम नेपालका छायाँ शर्मा, तराई–मधेस सद्भावना पार्टीका नरेन्द्र साहकलवार, सङ्घीय सद्भावना पार्टीका डा डिम्पलकुमारी झा भीमसेनदास प्रधान, बलराम अधिकारी, बहादुरसिंह लामा, गीता वाग्ले, जयप्रकाश थारु, रन्जित कर्ण, हरिप्रसाद उप्रेती, नवराज शर्मा, मञ्जुकुमारी चौधरी, बसुन्धरा रोकाय, भुटेनीदेवी खवास लगायतका सभासदहरुले आ–आफ्ना दलीय धारणा प्रस्तुत गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930