मङ्लबार, बैशाख ११, २०८१

आज विश्व मानव अधिकार दिवस मनाईदै, मानवअधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयन गर्ने प्रम कोइरालाको प्रतिबद्धता

काठमाडौँ मङसिर २४,  प्रत्येक वर्ष डिसेम्बर १० लाई विश्व मानवअधिकार दिवसको रूपमा मनाउँने क्रममा आज ३६५ दिन नै मानवअधिकार अर्थात् प्रत्येक दिन मानव अधिकारको दिन” भन्ने मुल 480X320_7beaeb7fdd85f0ee1b87b24cac50c74bमर्मलाई आत्मासात गर्दै नेपाल लगायत विश्वभरनै ६६औँ  विश्व मानवअधिकार दिवस मनाईदैछ ।

यसैक्रममा प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा मानवअधिकारको प्रत्याभूतिका लागि कार्यरत मानव अधिकारकर्मीसहित प्रजातन्त्र र मानवअधिकारको पक्षमा उभिनुभएका नेपाली तथा विदेशी दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई दिँदै मानवअधिकारको अवस्था अझ सुधार गर्ने सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।  त्यस्तै शुभकामना सन्देशमा प्रम कोईरालाले मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई मानवअधिकारको क्षेत्रमा सबै समुदाय तथा राष्ट्रको साझा उपलब्धि र न्यूनतम् मापदण्डको रूपमा लिनुपर्ने बताउँदै विभेद र जोखिममा परेका, कमजोर अवस्थामा रहेका र शोषित तथा सीमान्तकृत वर्ग तथा समुदायलगायत सबै व्यक्तिको अधिकारको संरक्षणमा सरकारको प्राथमिक दायित्व रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले मानवअधिकारको उल्लङ्घन हुन नदिन र उल्लङ्घन भइहालेमा घटनाको अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यस दिवसले सबैले सबैलाई सधैँ समानरूपमा मानव अधिकारको पूर्ण प्रत्याभूति दिएर विश्व मानव समुदायलाई एकै मूल्य र मान्यतामा गोलबद्ध गराउने कुराको सुनिश्चित गर्ने बताउँदै उहाँले नेपालको अन्तरिम संविधान, २०६३ ले प्रत्याभूत गरेका मौलिक हकको संरक्षण र प्रवद्र्धनका लागि नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले सन्देशमा राष्ट्रिय मानव अधिकार आयोगलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय निकायको संस्थागत क्षमतालाई सुदृढ गर्न र सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, वर्ण, सम्प्रदाय, लिङ्ग र क्षेत्रका आम नागरिकको मानवअधिकारको सम्मान गर्ने संस्कृतिको विकास गरी समानता र न्यायमा आधारित समावेशी नेपाली समाजको स्थापना गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्नुभएको छ ।