बिहिबार, बैशाख २०, २०८१

आन्तरिक विद्रोहमा उत्रेका चन्द पक्ष माओवादीे संस्थापनको विस्तारित बैठकमा

काठमाडौ मङ्सिर ७ ,नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकमा सचिव चन्दसहितका नेताहरू सहभागि भएका छन । main-newsललितपुरस्थित माओवादीको जनवर्गीय सङ्गठनको कार्यालयमा आइतवार १२ बजेदेखि सुरु भएको बैठकमा शनिवारका लागि बोलाइएको विस्तारित बैठकमा यसअघि चन्द पक्षले सहभागी हुने वा नहुने भन्नेबारेमा आफूहरूबीच छलफल भइरहेको बताएपछि शनिवारका बैठक स्थगन भएको भएको थियो ।

त्यस्तै सचिव चन्द नेकपा माओवादी संस्थापन पक्षले लिएका निति प्रति असहमति जनाउँदै पोलिटब्युरो बैठक र केन्द्रीय समितिको बैठक समत बहिस्कार गरि अलग्गै बैठक गर्दै पार्टीको आन्तरिक विद्रोहमा उत्रेका थिए ।

 त्यस्तै आजका बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै पर्टी अध्यक्ष मोहन बैद्यले सचिव नेत्रबिक्रम चन्द विप्लब पक्षलाई लक्षित गर्दै विधि र अनुशासन नमान्नेले पार्टी छाडेर जान मार्ग प्रसस्त रहको घुमारा अभिव्यक्ति सहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको बुझिएको छ ।