मङ्लबार, बैशाख १८, २०८१

एटिएम कार्ड चोरी गरी रकम निकाल्ने पक्राउ

काठमाडौ मङ्सिर ३,  काठमाडौँ दरबारमार्गस्थित केएफसी रेस्टुराँमा काम गर्ने दीपुकुमारी राणा (लामा)लाई आज एटिएम कार्ड चोरी गरि रकम 6277निकालको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

लामाले सोही रेस्टुराँमा कार्यरत उर्मिला गुरुङको माछापुच्छ«े बैंकमा रहेको रकममध्ये एटिएम कार्ड र पिन कोडसहित चोरी गरी बैंकमा रहेको रु एक लाख ७३ हजार ५२२ रकम विभिन्न मितिमा अनाधिकृत तवरले निकाली हिनामिना गरेको निजलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

लामाका घर कोठा खानतलासी गर्दा सो रकममध्ये रु ५० हजार बरामद भएकाले उनलाई बैंकिङ कसुर अपराधअन्तर्गत मुद्दामा आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ ।