शुक्रबार, बैशाख २१, २०८१

सत्ताधारीदलको रवैया प्रति २० दलको आपत्ति

काठमाडौं मङ्सिर ३, संविधानसभामा प्रतिनिधित्व गर्ने २० निम्नानुसारका क्रमस एमाओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट),सङ्घीय समाजवादी पार्टी,समाजवादी जनता पार्टी, नेपाली morcha-meeting-1जनता दल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाः राष्ट्रिय पार्टी,सङ्घीय सद्भावना पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, मधेस समता पार्टी नेपाल, दलित जनजाती पार्टीका तर्फबाट सत्ताधारीदलले अन्तरिम संविधानको भावनाविपरीत बहमतीय प्रक्रियाका आधारमा संविधान जारी गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरेको छ ।

ती दलका तर्फबाट आज संयुक्त वक्तव्य जारी गर्दै सत्तारुढ दलका प्रमुख नेताहरुबाट साझा प्रस्तावको रुपमा सात प्रदेशको अवधारणा सहितका प्रस्ताव सार्वजनिक गर्नु विगतका सम्झौता तथा सहमतिको प्रावधानविपरीत रहेको भन्दै सहमतिको आधारमा संविधान निर्माण गर्नुपर्नेमा बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग गरिएका सम्झौताको प्रावधानविपरीत संविधानसभा नियमावलीले निर्धारण गरेको विधि र प्रक्रियालाई उल्लङ्घन गरको जनाएको छ । त्यस्तै वक्तव्यमा सत्ताधारीदलले सोमवार ४३ सभासदको हस्ताक्षर बुझाउनु भनेको सहमतिको वातावरण विथोल्ने प्रयास भएको उल्लेख गरिएको छ ।

त्यस्तै जारी संयुक्त वक्तव्यमा क्रमस एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल,मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर,मधेसी जनअधिकार फोरम नेपालका नेता डा शिवजी यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण,तराई मधेस सद्भावना पार्टीका सभासद् रानी शर्मा तिवारी, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, राष्ट्रिय जनमुक्ति पार्टीका सभासद् शिवजी यादव,थरुहट तराई पार्टीका सभासद् गोपाल दहित, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च९थरुहट० रुक्मिणी चौधरी,सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, नेपाली जनता दलका सभासद् हरिचरण साह,मधेसी जनअधिकार फोरम गणतान्त्रिक राजकिशोर यादव, नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिकुमार झा, खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई, मधेस समता पार्टी नेपालका सभासद् मेघराज नेपाली निषाद र दलित जनजाती पार्टी नेपालकी सभासद् एशोदा लामाले हस्ताक्षर गर्नुभएको छ ।