शुक्रबार, चैत्र १६, २०८०

सत्तारुढ दलले विगतका सहमति बिर्सेको मोर्चाको आरोप

काठमाडौ मङ्सिर ३, एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाका आज बसको बैठकले सत्तारुढ दलले आफ्नो प्रस्ताव अघि बढाउन हस्ताक्षर बुझाएर morcha-meeting-1विगतका सबै सहमति र सम्झौताको उल्लंघन गरेको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको समेत हस्ताक्षरमा सत्तारुढ दलले आफ्नो प्रस्ताव अघि बढाउन दवाव दिनुले सत्तारुढ दल विगतका सहमति बिर्सेर एकलौटी ढङ्गले अघि बढ्न खोजेको पुष्टि भएको भन्दै सत्तारुढ दलले देखाएको प्रस्तुत रवैया विरुद्ध सडक संघर्ष गर्ने निर्णय गर्दै सार्क सम्मेलन सकिए लगत्तै संघर्षका कार्यक्रम अघि बढाईने तयारी गरेको बुझिएको छ ।