मङ्लबार, बैशाख ११, २०८१

सत्तारुढ दलले एमाओवादी र मधेसवादी दलसङग छुट्टाछुट्टै छलफल गर्दै

काठमाडौं मङसिर ४, दलीय अडानका कारण अबरुद्ध हुँदै आएको संविधान निमार्णको अवरुद्ध पक्षलाइ सम्बोधन गर्न सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेले पहल थालेका छन् । यसको लागि आज विहान प्रधानमन्त्री निवास बालुवाटामा भएको अनौपचारिक छलफलमा ती दुई दलका नेताहरुले 11103 आज दिउँसो एमाओवादी र मधेसवादी दलसङग छुट्टाछुट्टै छलफल गर्ने कार्ययोजना तय गरेका छन् ।

यसवीचमा दलहरुले संविधानका विवादित विषयमा सहमतिका लागि भन्दै पटक पटक छलफल गरेपनि कुनै नितिगत सफलता प्राप्त गर्नुका अलावा पछिल्लो समय त झन अल्पमत र बहुमतका कित्तामा धुव्रीकृत प्रमुखदलहरुले आआफ्नो अडान कायमनै राखेका कारण मुलुकको राजनैतिक वृतमा थप अन्यौलग्रस्त बनेका छन ।

त्यस्तै यसैवीचमा राज्य पुनसंरचना, शासकीय स्वरुप लगाएतको विषयलाइ सम्बोधन गदै सत्ताधरीदलले प्रसतुत गरेको सात प्रदेशको साझा प्रस्ताव संवाद समितिमार्फत संविधानसभामा पठाउन राजनीतिक संवाद तथा सहमति समितिलाई दवाव दिदै आएका छन् । तर, एमाओवादी र मधेसवादी दलहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्ने अडान राख्दै प्रक्रियामा जान मानिरहेका छैनन ।