बिहिबार, बैशाख २०, २०८१

उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता छैन : नेता केसी

विराटनगर असोज ४,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित ankc1पत्रकार भेटघाट कार्यक्रममा सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले तोकिएको समयमा संविधान निर्माण हुने पक्षमा शंका नगनन आग्रह गदै राजनीतिक संवाद समितिले विवादित विषयहरुलाई असोज १४ गतेभित्र छिनोफानो गरिसक्ने र कात्तिक महिनाभित्रमा संविधानको खाका आउने दाबी गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । साथै काँग्रेस आफ्नो पूर्वत ७ प्रदेशको अवधारणामा अडिग रहेको जनाउँदै नेता केसीले एमाओवादी लगायतका प्रतिपक्षी दलले माग गरे जस्तो उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको प्रष्ट विचार अभ्व्यिक्त गर्नु भएको बुझिएको छ ।