शनिबार, बैशाख ८, २०८१

प्रतिबन्धित पाँच लाख भारुसहित रामप्रवेश पक्राउ

पर्सा असोज ४ , वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले गएराति ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित भारतीय नोटसहित पर्सा गाविस–८ बस्ने Fake-ICरामप्रवेश सिंहलाई पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट ना २९ प ९७७२ नम्बरको मोटरसाइकलमा वीरगन्ज आइरहेका बेला भन्सार क्षेत्रमा सशस्त्र प्रहरी वीरगन्जको राजस्व गस्ती टोलीले जाँचका क्रममा एक हजार र पाँच सय दरका भारु नोटसहित सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प््रहरीका अनसार सिहको साथबाट एक हजार दरका नोट पाँच सय र पाँच सय दरको नोट ८० थान गरी पाँच लाख ४० हजार भारु बरामद भएको जनाएको छ ।