बिहिबार, चैत्र १५, २०८०

गर्भवती श्रीमतीलाइ जिउँदै जलाउँने मोहमद समीर पक्राउ,विरामीको अवस्था नाजुक

नेपालगन्ज असोज ५, नेपालगन्ज स्थित बाँकेगाउँमा बस्दै आएकी ६ महिनाको गर्भ वोककी आफ्नी ३० वर्षीया श्रीमती साजिदा राईलाइ आगो  लगाएर विभत्स रूपमा जलाइएको आशंकामा उनका पति मोहमद समीरलाई पक्राउ गरेको बाँके प्रहरीलाइ उदृत  गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ।

पूरै शरीर जलेकी गर्भवती साजिदालाई शुक्रबार राति उपचारका लागि भेरी अञ्‍चल अस्पतालमा भर्ना गरिएको र उनको अवस्था अत्यन्तै नाजुक रहेको बुझिएको छ। यहाँसम्मकी  जलनको पिडाबाट छटपाइरहेकी साजिदाको शरिरमा स्लाइन दिने ठाउँसमेत छैन, नसाहरू सबै जलेका छन् ।
केही समययता नेपालगन्ज बस्दै आएकी साजिदाको घर भने भारतको बहराइचमा रहेको प्रहरीले जनाएको छ।