सोमवार, बैशाख २४, २०८१

चाडपर्व बजारको अनुगमनका लागि विशेष टोली परिचालित

काठमाडौ असोज २, सरकारले चाडपर्वको अवसरमा विशेष टोली खटाएर बजार अनुगमन गर्ने काम सुरु गरेको छ। चाडपर्वको मौका छोपेर उपभोक्तालाई गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने व्यवसायी र उद्योगलाई कारबाहीको दायरामा ल्याउन सरकारले विशेष टोलीमार्फत अनुगमन गर्न सुरु गरेको हो।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसका लागि साताको तीन दिन विशेष टोली र उजुरी सुन्न एउटा गरी चारवटा टोली तयार पारेको छ। एउटा टोलीमा दुईजना खाद्य निरीक्षकसहित आठजनालाई सहभागी गराइएको छ।

यसबाहेक नियमित कार्यक्रमअन्तर्गत छुट्टै अनुगमन टोली पनि खटाइएको छ।  उपभोक्ता उजुरीको चाप हेरेर यो टोलीलाई मोबाइल भ्यानसहित दैनिक रूपमै अनुगमनमा खटाउन सकिने व्यवस्था गरिएको विभागका निमित्त महानिर्देशक चन्द्र सुब्बाले जानकारी दिए।  टोलीले बुधबारदेखि अनुगमन गर्न सुरु गरेको थाह भएको छ ।