मङ्लबार, बैशाख ११, २०८१

बसन्तको छैठौं ‘कृति बुद्ध एक भ्रम अनेक’ प्रकाशित

काठमाडौ असोज २, बुद्धका सम्बन्धमा रहेका भ्रमहरु हटाउन तिनै भ्रमहरुमा नै केन्द्रीत भएर तयार पारिएको पुस्तक ‘बुद्ध एक भ्रम अनेक’ प्रकाशित 2 buddha ek bhram anekभएको छ । गौतम बुद्धका सम्बन्धमा विभिन्न खालका भ्रमहरु चिर्ने क्रममा बौद्ध धर्म दर्शन तथा इतिहासका अध्येता एवं लेखक बसन्त महर्जनले सो पुस्तक तयार पारेका हुन् । इन्साइट पब्लिकेशन प्रा. लि.बाट प्रकाशित लेखकको यो छैठौं बौद्ध पुस्तक हो ।

लेखक महर्जनका अनुसार गौतम बुद्धको प्रशंसा र बढाईचढाई गर्ने क्रममा बुद्ध धर्मका मूलभूत कुरासँग नै बाँझिन पुग्ने र त्यसबाट प्रसस्त मात्रामा भ्रम सिर्जना हुने गरेको छ । उनका अनुसार बुद्ध र धर्मसम्बन्धी आधारभूत ज्ञानको अभावमा अन्य धर्मावलम्बीहरुमा मात्रै नभएर परम्परादेखि आफूलाई बौद्धका रुपमा पहिचान दिँदै आएकाहरुमा पनि यस्ता भ्रम रहेका कारण तिनै भ्रमहरुमा केन्द्रित गरेर छलफल चलाउनु आवश्यक रहेको छ । पुस्तकमा ती भ्रमहरुलाई व्याख्यासहित खण्डन गरेको छ ।

विभिन्न धर्महरुको अभ्यास हुने नेपालमा अन्य धर्मावलम्बीहरु पनि बुद्धप्रति उत्तिकै सहिष्णुता राख्ने गर्दछन् र प्रशंसा पनि गर्दछन् । बुद्ध, धर्म संस्कृति, इतिहास तथा पुरातत्वसम्बन्धी पत्रपत्रिकामा लेख, रचना प्रकाशित गराउँदै आएका लेखक महर्जनको यसअघि ‘लुम्बिनी ः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’, ‘गन्तव्य लुम्बिनी’, ‘गौतम बुद्ध’, ‘बुद्धको आत्मकथा’, ‘बुद्ध र महिला’ गरी पाँच वटा पुस्तक प्रकाशित छन् ।