बिहिबार, बैशाख १३, २०८१

आयोजना विकास सम्झौता (पीडीए) का लागि बन्यो सहमति

काठमाडौ असोज २, माथिल्लो कर्णाली जलविद्युत् परियोजना प्रवर्द्धक कम्पनी जीएमआरसँग आयोजना विकास सम्झौता (पीडीए) गर्न सहमति PTA_20140904101817जुटेको छ।  प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष सुशील कोइरालाको अध्यक्षतामा बुधवार बसेको बैठकले सत्तारूढ दल कांग्रेस र एमालेबीच भएको दफावार छलफलपछि पीडीए प्रस्तावमा थप प्रस्ट पार्ने गरी सम्झौता भएको बोर्डले जनाएको छ ।

सन् २००८ मा प्रारम्भिक सम्झौता गरी लगानीकर्ता छनोट गरिएको तथा सन् २०१३ देखि लगानी बोर्डको कार्यालयले उक्त विषयलाई अगाडि बढाएको थियो । माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विकासका सन्दर्भमा लगानी बोर्डको कार्यालय तथा लगानी बोर्डको निर्णयअनुसार गठित पिडिए वार्ता टोली र उक्त परियोजनाको विकास कर्ता जीएमआर माथिल्लो कर्णाली हाइड्रोपावर लिमिटेडबीचमा लामो छलफलपश्चात् तयार पारिएको पिडिएलाई परिमार्जन गर्ने गरी स्वीकृत गर्ने निर्णय भएको हो ।

सो पिडिएलाई मन्त्रिपरिषद्मा पेस गरिने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विकास कार्य अगाडि बढाउने बाटो खुलेको बताउँदै बुधवारको बैठकमा प्रधानमन्त्री कोइरालाले यो योजनामा अव लगानी गर्न देशमा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गर्न सहयोग पुग्ने बताउँदै पूर्वाधारको विकासमार्फत् देशमा गरिबी निवारणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गनु भएको बैठकपछि बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।