मङ्लबार, बैशाख १८, २०८१

एमाओवादी उपाध्यक्ष बोगटीको निधन

अन्तिम श्रद्धाञ्जलीको लागि ९ बजे पार्टी मुख्यालय पेरिसडाँडामा र ११ बजे खुलामञ्चमा राखिने

काठमाडौं भाद्र ३०, एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचारका क्रममा आज बिहान निधन भएको छ । गत बिहिवार ह्दयघात र Post-bahadur-Bogati1मष्तिस्कघात भएपछि राजधानीको नर्भिक अस्पतालमा उपचार गराईरहेका बोगटीको आज बिहान निधन भएको अस्पतालले जनाएको छ । उहाँको निधनसँगै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहितका शीर्ष नेताहरु अहिले नर्भिक अस्पताल पुग्नुभएको छ ।

बोगटीटीको शवलाइ शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि ९ बजे पार्टी मुख्यालय पेरिसडाँडामा र ११ बजे खुलामञ्चमा राख्ने एमाओवादीस्रोतले जनाएको छ।