शुक्रबार, चैत्र १६, २०८०

सरकार बालअधिकारको संरक्षणका लागि आवश्यक लगानी गर्न तयार : उपप्रधानमन्त्री सिंह

काठमाडौ भाद्र २९, उपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय बाल दिवस–२०७१ मूल समारोह समितिद्दारा आज आयोजित कार्यक्रमलाइ सम्बोधन 10418332_10152714583157329_6683903241221817351_nगदै सरकारले बाल अधिकार र उनिहरुको शिक्षा, स्वास्थ्यलगायत अधिकारको सुनिश्चित गर्न लगानीमा वृद्धि गर्ने बताउँदै उपप्रधानमन्त्री सिंहले बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजाय विरुद्धको राष्ट्रिय अभियान ‘बालबालिकालाई डर, बल र करले होइन, रहरले अनुशासित हुन सिकाऔँ : आजैबाट बालबालिकामाथि हुने शारीरिक सजाय अन्त्य गरौं’ भनी उपस्थित सबैलाई सपथ खुवाउनु भएको थियो ।

त्यस्तै महिला, बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले बालमैत्री वातावरणमा बालबालिकालाई शिक्षा दिनुपर्ने र उनीहरुलाई शारीरिक र मानसिकरुपमा असर पुग्ने खालको कुनै पनि क्रियाकलाप गर्न नहुनेमा जोड दिदै विगतको तुलनामा बालबालिकाको विषयले राष्ट्रिय प्राथमिकता पाएको र उनीहरुमाथि हुने गरेको सबै प्रकारका हिंसा अन्त्यका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, नागरिक समाजका प्रतिनिधि कुमार भट्टराई, बाल प्रतिनिधि मन्जु विक लगायतले वाल अधिकारका सम्बन्धमा अभिव्यक्ति दिनु भएको थियो भने महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बालबालिकामाथि हुने शारीरिक र मानसिक सजायसम्बन्धी सचेतना प्रस्तुति गर्नुभएको थियो भने गायिका आनी छोइङले बालअधिकारसम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो ।