मङ्लबार, बैशाख १८, २०८१

विधेयक पारित भएपछि स्थानीय निकाय निर्वाचनको मिति तय हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौ श्रावण १६, सञ्चार विकास तथा अनुसन्धान केन्द्र काठमाडौंद्वारा आज राजधानीमा आयोजित सम्मान काउक्रमलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्रको जगलाइ थप मजवुत बनाउन व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत भएको संशोधनसहितको स्थानीय स्वायत्त   शासन विधेयक पारित भएपछि स्थानीय निकायको निर्वाचनको मिति तय गरिने बताउँदै उहाँले पूर्वसचिव खेमराज नेपाल, काठमाडौ र ललितपुरका एलडियोद्धय तीर्थराज भट्टराई, पशुपति पोखरेल, त्यसै गरि जिविस महासङ्घका कार्यकारी महासचिव हेमराज लामिछाने, गाविस राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक परशुराम उपाध्याय, नगरपालिका सङ्घका कार्यकारी सचिव कलानिधि देवकोटालगायतका व्यक्तित्वहरुलाई सम्मानित गर्नु भएको थियो ।

त्यस्तै सभासद् भरतबहादुर खड्काले अगामी मङ्सिरभित्र स्थानीय निर्वाचन गराउन आफूले व्यवस्थापिका–संसदमा सार्वजानिक महत्वको प्रस्ताव दर्ता गराएको जानकारी दिनुभएको उक्त कार्यक्रममा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, सञ्चार विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष शिव रेग्मी ,गाविस महासङ्घका सचिवालय सदस्य नवराज गेगाल, जिविस महासङ्घका प्रवक्ता कृष्णप्रसाद जैसीलगायतले बोल्नु भएको थियो । तस्विर :युपी लामिछाने