शनिबार, बैशाख १५, २०८१

भारत सरकारसङग भएका असमान सन्धीसम्झौताको पुनरावलोकन गरिनु पर्छ :सभासद भण्डारी

काठमाडौँ श्रावण १६, संविधानसभाको आजको बैकठमा नेपाली काँग्रेसका सभासद चन्द्र भण्डारीले विशेष समयको सदुपयोग गर्दै आगामी आइतवारबाट नेपालको  औपचरिक भ्रमणमा आउँनु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा हुने वार्ताको क्रममा  सम्बोधन गरिनु पर्ने भन्दै ६ सूत्रिय मुद्धाहरु प्रस्तुत गर्नु भएको छ ।

सभासद भण्डारीले बैठकमा नेपालको उर्जाविकास र व्यापार लगायत , अन्य व्यापार विकास गर्दै नेपालको व्यापार घाटा कमगर्नको लागी झापाको फुलवारी नाका हुदै भारत देखी वड़गला देश जाने १३ किमी वाटोका संम्वन्धमा कुटनीतिक पहल गर्नुपने त्यस्तै गरि विगतमा दुवै पक्षबाट सम्झौताका लागि सम्झौता मात्र भएको तर कार्यान्वयन हुँन नसकेका अधुरा कामहरु सुरु गर्ने  प्रतिवध्दता व्यक्त गदै पुराना असमान सन्धीसम्झौताको पुनारावलोकन गरिनुपर्नेमा विशेष जोड दिनु भएको थियो ।

त्यस्तै गरि   उहाँले वर्षेनी तराईका जनताले भोग्नु परेका डुवान , सिमा समस्या ,भारतीय प्रहरीको ज़्यादती र नेपालका यातायातका साधन भारतमा निर्वाध लैजान पाउनुपर्ने विषयमा पनि र्निक्योल हुनु पर्ने भन्दै नेपाल सरकारले दुवै देशलाई हितहुने र समान अवसरको पहिचान गर्दै जलस्रोतको विकासका लागी पिटिए र पिडिय गर्न नेपाल सरकारलाई आग्रह गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।