शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको दुईदिने औपचारिक भ्रमणको कार्यतालिका

काठमाडौँ श्रावण १६, नेपाल सरकारका प्रधानमन्त्री सुशील कोइरालाको औपचारिक निमन्त्रणामा छिमेकी राष्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि श्रावण १८ गते नेपाल आउँनु हुँने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको जानकारी दिन परराष्ट्र मन्त्रालयले आज अपराह्न पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीलाइ अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालाले स्वागत सहित उहाँको 034fb36सम्मानमा १९ तोपको सलामी दिइने कायक्रम तय भएको जनाएको छ ।

त्यसै गरि सोही दिन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट र आइतबारनै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुवै देशका प्रधानमन्त्रीहरुबीच भेटवार्ताको कार्यक्रम तय भएको बताएको छ । त्यसपछि प्म मोदीले संविधानसभका सभामुख सुवास नेम्वाङसँग भेटवाता गदै अपरान्ह ४:३० बजे व्यवस्थापिका–संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्यसै गरि आइतवार साझ भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री कोइरालाले रात्रिभोजको आयोजना गर्नुहुनेछ भने सोमवार बिहान प्रम मोदीले देवादीदेव पशुपतिनाथको विशेष पूजा अर्चना तथा दर्शन गर्ने कायक्रम तग भएको छ । त्यसपछि राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा रामवरण यादवसँग शिष्टाचार भेटवार्ता सहित राष्ट्रपति डा यादवले प्रधानमन्त्री मोदीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने भएको छ ।

यसैगरी सोमबार अपराह्न भारतीय प्रम मोदीसँग मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेता, उद्योगी लगायतले भेटवार्ताको कार्यक्रममा सहभागी भइ दुई दिने औपचारिक भ्रमण पूरा गरी उहाँ श्रावण १९ गते स्वदेश फर्कनुहुने रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच परराष्ट्र मन्त्री पाण्डेले भारतीय प्रम मोदीको भ्रमणको क्रममा भारतसँग विद्युत् व्यापार सम्झौता (पिटीए)हुनसक्ने उल्लेख गर्दै यसवारे अहिलेनै निर्णय भइनसकेको र सम्झौतासम्बन्धी सबै काम मन्त्रिपरिषद्ले अनुमोदन गर्ने र त्यस्तै सहयोग सम्बन्धी सबै विषयका निक्र्योल पनि द्विपक्षीय वार्तापछि मात्रै यकिन हुने जानकारी पत्रकार सम्मेलनमा दिनु भएको छ ।