मङ्लबार, बैशाख १८, २०८१

काँग्रेसले बिपी जन्मशताब्दी विशेष कार्यक्रमका साथ मनाउँने

काठमाडौँ श्रावण १, नेपाली काँग्रेसले –विपी स्मृति दिवसको अवसरमा यही श्रावण ६ गत देखि भदौ २४ जन्म दिवस सम्म बिपी कोइराला जन्मशताब्दी कार्यक्रमलाई विशेष अभियानका रुपमा देशभरि विविध कार्यक्रमसहित मनाउने भएको छ ।काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वीपीको सपनालाई साकार पार्न उहाँले अघि सार्नुभएको नीति एवं सिद्वान्तलाई जनतामाझ लान यसप्रकारको कार्यक्रम गर्न लागिएको बताउनुभयो ।अहिले काँग्रेस नेतृत्वको सरकार छ बीपी

bpले प्रतिपादन गर्नुभएको सिद्वान्त र विचार अनुरुप त्यसको कार्यान्वयनको लागि अघि बढ्न र वीपीको विचार जनस्तरसम्म पु-याउन पनि यो कार्यक्रमले मद्वत पुग्नेछ,” कार्यवाहक सभापति पौडेलले भन्नुभयो ।यसै अवसर पारेर काँग्रेसले २००३ सालको विराटनगरको जुटमिल मजदुर आन्दोलनको क्रममा पक्राउ गरी बिपी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीलाई अड्डासार गर्दै मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाडाँै ल्याउँदाको मार्गमा बिपीका राजनीतिक, आर्थिक, सामाजिक चिन्तन एवम् विचारलाई जनस्तरसम्म पु¥याउने, बिपीको सपनाअनुसार भविष्यको नेपाल, भविष्यको समुन्नत नेपाल निर्माणको सङ्कल्प दोहो¥याउँदै बिपी विचारको सान्दर्भिकतालाई थप स्पष्ट गर्ने कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्यसैगरी नयाँ पुस्तालाई काँग्रेस र बिपीको योगदान तथा महत्वबारे जानकारी गराउने तथा समयमै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न अनुकूल वातावरण बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ जिल्लाका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमसहित ‘बिपी विचार यात्रा’ गर्ने भएको छ ।कार्यक्रमको पहिलो दिन साउन ६ गते विराटनगरस्थित जुट मिल हातामा वृक्षारोपण, विचारसभा, प्रजातन्त्रसेनानी सम्मान कार्यक्रम आयोजना हुने बताइएको छ ।

त्यसको भोलिपल्ट बिहान विराटनगरकै एलिट क्लबमा ‘बिपीको सपना : भोलिको नेपाल’ विषयक विचारगोष्ठी र दिउँसो सुनसरीको धरानमा बृहत् साहित्य गोष्ठी सञ्चालन हुनेछ । भदौ १ गतेदेखि लगातार धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाडौँसम्म बिपीलाई बास राखिएको, खाना–खाजा खुवाइएको तथा अन्य ऐतिहासिक महत्व बोकेका स्थानमा विचार यात्रा सञ्चालन गरिनेछ । एक जिल्लाले अर्को जिल्ला, एक गाविसले अर्को गाविसलाई निरन्तर हस्तान्तरण गर्नेगरी यात्राभरि व्यापकस्तरमा जनपरिचालन गरिनेछ ।

यस्तै ओखलढुङ्गामा कवि गोष्ठी तथा बिपीको पुख्र्यौली थलो सिन्धुलीको दुम्जामा बृहत् स्वास्थ्य शिविर आयोजना हुनेछ ।हरेक जिल्लामा कम्तीमा एउटा विशेष कार्यक्रम आयोजित हुनेछन् र अरू ठाउँठाउँमा सांस्कृतिक कार्यक्रम, विचार गोष्ठी, भिडियो प्रदर्शनी आदि कार्यक्रम सञ्चालन गरिनेछन् । भदौ २३ गते काठमाडाँैको विशालनगरमा विशेष विचारसभा आयोजित हुनेछ ।अन्त्यमा यस विचारयात्रा बिपीलाई लामो समयसम्म बन्दी बनाएको सुन्दरीजल (हालको बिपी सङ्ग्रहालय) मा भदौ २४ गते विचारयात्रा समापन हुनेछ ।काँग्रेसले २०७० साल भाद्र २४ गते देखि २०७१ साल भाद्र २४ गतेसम्मको अवधिलाई विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता एवं नेपाली कांग्रेसका संस्थापक महामानव वी.पी. कोइरालाको जन्मशताब्दी बर्षका रुपमा मनाउँदै आएको छ ।