शुक्रबार, बैशाख ७, २०८१

पेट्रोलियम पदार्थको समस्या समाधान गर्न  निर्देशन

काठमाडौँ श्रावण १, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेट्रोलियम पदार्थको गुणस्तर तथा नापतौलका विषयमा उठेको समस्या तत्काल समाधान गर्नका लागि वाणिन्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयमा आज भएको छलफलमा कार्यालयका सचिव शान्तराज सुवेदीले निगमको अमलेखगन्ज डिपो तथा fuel-pumpअन्य सबै डिपोमा वैज्ञानिक मापन प्रणाली अवलम्बन गर्न र सो कार्यमा सहयोग गर्न निगमलाई निर्देशन दिनुभयो । निगमले वितरण गरिरहेको पेट्रोलियम पदार्थमा गुणस्तर नभएको, मापदण्डअनुसार बिक्री वितरण नभएको तथा उपभोक्ता चर्को ठगीमा परिरहेको भन्ने गुनासो आएपछि कार्यालयले आज उपभोक्ता अधिकारकर्मी, आपूर्ति मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायका पदाधिकारी बोलाएर समस्या समाधान गर्न निर्देशन दिएको हो ।

अमलेखगन्ज डिपोमा अत्याधिक रुपमा उपभोक्ता ठगीमा परेको उजुरी आएपछि कार्यालयले राष्ट्रिय सतर्कर्ता केन्द्रका अतिरिक्त महानिरीक्षक रोशनराज पन्तको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको थियो । समितिले अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थ भर्दा अन्तराष्ट्रिय मापदण्डअनुसारको ‘क्यालिब्रेसन’ नगरेका कारण प्रति तीन हजार लि पेट्रोलियम पदार्थमा पचास लि कम भएको र यसबाट उपभोक्त मारमा परेको ठहर गरेको थियो ।

आजको छलफलमा पेट्रोलियम पदार्थको मापनमा गुणस्तरयुक्त मापन यन्त्र प्रयोग गर्न, मापन भएको विवरण अनलाइनमा राख्न, कुन कुन पेट्रोल पम्पलाई के कति परिमाण उपलब्ध गराइएको हो भन्ने सार्वजनिक जानकारी दिन, निगमले प्रयोग गर्दै आएको डिप रड तथा लिटर गुणस्तर तथा नापतौल विभागबाट प्रचलित कानुनबमोजिम नियमित रुपमा अनुगमन गर्न, प्रमाणपत्र भएको सिल प्रयोग गर्न र गुनासो प्राप्त हुनासाथ कारबाही गर्नसमेत निर्देशन दिइएको छ । छलफलमा आपूर्ति मन्त्रालयका निमित्त सचिव तोयनारायण ज्ञवाली,गुणस्तर तथा नापतौल विभागका निमित्त महानिर्देशक विश्वबाबु पुडासैनी, सतर्कर्ता केन्द्रका अतिरिक्त महानिरीक्षक पन्त, निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनलगायतको सहभागिता रहेको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु