मङ्लबार, बैशाख १८, २०८१

चार वर्षमा बाइस लाख एमआरपी जारी

काठमाडौँ श्रावण १, राहदानी विभागले राहदानी उत्पादन एवम् वितरणबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा चार वर्षको अवधिमा २२ लाख एमआरपी download (1)राहदानी जारी गरेको जनाएको छ । विभागका महानिर्देशक रमेशप्रसाद खनालले सन् २०१० को डिसेम्बर २६ देखि एमआरपी वितरण प्रारम्भ भएको र त्यसयता आजसम्म २२ लाख एमआरपी जारी भएको जानकारी दिदै विभागले द्रुत सेवा उपयोग गर्ने सेवाग्राहीबाट गत आवमा एमआरपीवितरणबाट रु चार अर्ब ४० करोड राजस्व सङ्कलन गर्नुका अलावा आव २०६९÷७० मा रु तीन अर्ब ९१ करोड सङ्कलन गरेको बताउँनु भएको छ ।

त्यस्तै विभागले एक हजार ६३० थान कूटनीतिक, नौ हजार १७० वटा विशेष, २१ लाख ८३ हजार ८९३ थान साधारण राहदानी र ८२९ वटा यात्रा कागजात (ट्राभल डकुमेन्ट) जारी गरेको पनि सम्मेलनमा जानकारी दिएको छ ।