शनिबार, बैशाख ८, २०८१

श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

बनेपा श्रावण १, वैवाहिक बलात्कारको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ३ निवासी दैवशरण बन्जारालाई पक्राउ गरेको छ । बञ्जराकी BALATKARमाहिली पत्नी अमृताले आफूमाथि जबर्जस्ती करणी र कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएपछि फरार बन्जरालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिनुभयो ।

तीन श्रीमतीका पति रहेका बन्जाराले गत असार २२ गते साँझ जबर्जस्ती करणी गरेको अमृताले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार पत्नीले आफ्नै श्रीमान्विरुद्ध उजुरी दिएर पक्राउ गरिएको घटना यहाँ सम्भवतः पहिलो पटक हो । उनीमाथि वैवाहिक बलात्कार गरेको भन्दै अदालतमा मुद्दा चलाइएको छ । कानुनले सहमतिविरुद्ध हुने शारीरिक सम्पर्कलाई बलात्कार भनेको छ ।