बिहिबार, बैशाख २०, २०८१

पाँच हजार लिटर घरेलु मदिरा बरामद

विराटनगर आषाढ ३१, इलाका प्रहरी कार्यालय रङ्गेलीले ग्रामीण क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरणका लागि लगिरहेको अवस्थामा परिणाममा madiraमदिरा बरामद गरेको जनाएको छ।

इप्रकाका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन गरी मोरङका सीमावर्ती गाउँ तथा विराटनगरलगायत सहर बजारमा बिक्रीका लागि रङ्गेलीतर्फ ल्याउँदै गरेको अवस्थामा पाँच हजार लिटर घरेलु मदिरा बरामद गरेको हो । त्यस्तै प्रहरीको गस्ती टोलीले बरामद गरिएको मदिरा आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।