बुधबार, बैशाख २६, २०८१

प्रमुख तीन दलको बैठकमा उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने सहमति, भोलिबाट अवरुद्ध संसद सुचारु हुने

काठमाडौँ ज्येष्ठ २४ व्यवस्थापिका–संसदमा विगत केही दिनदेखि जारी अवरोध भोलिदेखि समाधान हुने भएको छ । प्रधानमन्त्री निवास 3 dallबालुवाटारमा आज बसेको प्रमुख तीन दलको बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति कायम गरेपछि संसदको अवरोध खुल्ने भएको हो । प्रमुख प्रतिपक्षी एनेकपा(माओवादी)लगायतका दलहरुले संविधान निर्माण प्रक्रियामा सहमति जुटाउन उच्चस्तरीय समिति गठन गर्नुपर्ने, संविधानसभा निर्वाचनको क्रममा भएको भनिएको धाँधलीको तत्काल संसदीय समिति बनाउनुपर्ने, अर्थ मन्त्रालयले गरेको रकमान्तर तत्काल रोक्नुपर्ने र तत्काल मन्त्रिपरिषद्ले मनोनयन गर्नुपर्ने २६ जना सभासद्को टुङ्गो लगाउनुपर्नेलगायतका माग राखी सदन अवरुद्ध गर्दै आएका थिए ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले) बाट पार्टी अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतम तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष पोष्ट बहादुर बोगटीलगातका नेताहरुको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031