बिहिबार, बैशाख २७, २०८१

चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सफल : प्रम कोइराला

काठमाडौँ ज्येष्ठ २३ चीन सरकारको निमन्त्रणामा दुईदिने चीन भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो चीन भ्रमणले आर्थिक मुद्दालाई केन्द्रविन्दुमा राखेर दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन  Sushil सफल भएको बताउनुभएको छ ।

चीनको युनान प्रान्तको कुन्मिङ सहरमा आजदेखि सुरु भएको दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा विशेष अतिथिका रूपका भाग लिएर स्वदेश फर्कनुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“समग्र मेरो चीन भ्रमण आर्थिक मुद्धालाई केन्द्रविन्दुमा राखेर चीनसँगको सम्बन्ध सुदृढ गर्ने दिशामा उपलब्धिपूर्ण भएको भन्दै प्रधानमन्त्री कोइरालाले चीन सरकारका उपप्रधानमन्त्री तथा युनान प्रान्तका उच्चराजनीतिक नेतृत्वसँग भएको भेटवार्ता नेपालको सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेर आर्थिक सहयोग विस्तार सुदृढ गर्दै लैजाने बारेमा महत्वपूर्ण भएको बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले चीनमा रहँदा चीनका उपप्रधानमन्त्री वाङ याङ, युनान प्रान्तका चिनिया कम्युनिष्ट पार्टीका सचिव क्वीन ग्यानग्रोङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीसँग समेत भेटघाट भएको बताउँनु भएको ।