बुधबार, बैशाख २६, २०८१

मोदीद्वारा एक अर्ब बीस करोड जनताको सपना पूरा गर्ने प्रतिवद्धता

काँग्रेस आईद्दारा निर्वाचनमा पार्टीको पराजयका जिम्मेवारी स्वीकार

नयाँ दिल्ली एजेन्सी ज्येष्ठ २, भारतीय निर्वाचनमा पराजित हुँदै गर्दा कङ्ग्रेस पार्टीका नेता सोनिया तथा राहुल गान्धीले शुक्रबार १० वर्षसम्म शासनमा रहेपछि निर्वाचनमा प्राप्त भएको नराम्रो पराजयका लागि आफ्नो व्यक्तिगत जिम्मेवारी स्वीकार गर्नुभएको छ । पार्टी अध्यक्ष सोनिया 225px-Flag_of_India.svgगान्धीले नयाँ दिल्लीमा पत्रकारहरूलाई विजय तथा पराजय प्रजातन्त्रको भाग भएको आफूहरूले बुझेको बताउनुभएको र त्यस्तै राहुल गान्धीले प्रतिपक्षीलाई देशका जनताले आदेश दिएको बताउँदै पार्टीको उपाध्यक्षको नाताले आफैँलाई यसका लागि जिम्मेवार ठानेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

छ सातासम्मको मतदानको म्याराथनपछिको प्रारम्भिक नतिजामा नरेन्द्र मोदीले नेतृत्व गरेको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले गत ३० वर्षबीच भारतमा पहिलो पटक एक दलले बहुमत प्राप्त गर्ने शङ्केत दिएको छ । यसैवीच भारतको आम निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गरेपछि हिन्दू राष्ट्रवादी दलका नरेन्द्र मोदीले शुक्रबार आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै एक अर्ब २० करोड जनताका सपना पूरा गर्ने बचन दिनुभएको संचारमाध्यमहरुले जाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930