बिहिबार, बैशाख २०, २०८१

महाकुम्भ मेला शुक्रबारदेखि समापन हुँदै

211 विराटनगर वैशाख १८,गत चैत १७ देखि सुनसरीको चतरामा सुरु भएको महाकुम्भ मेला पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार समापन हुँदैछ । महाकुम्भमा एक महिनासम्म भक्तालु एवम् आस्थावान्ले स्नान गरे । जगत्गुरु मोहनशरण देवाचार्यका अनुसार पौराणिककालमा देवगणको धार्मिकसभा गर्ने स्थान चतराघाट नै थियो । मेलामा स्वदेश मात्र होइन भारतका लाखाँै श्रद्धालु एवम् भक्तालु पनि सहभागी भएको बुझिएको छ ।