मङ्लबार, बैशाख १८, २०८१

लागुऔषधसहित एक युवक पक्राउ

कठमाडौं चैत्र २८, प्रहरीले अवैध लागुऔषध, इन्जेक्सन र ट्याबलेटसहित गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोठाटार–८ बस्ने pakrau२८ वर्षीय अन्जन थापा रहेका छन् । भारतबाट लागुऔषध खरिद गरी नेपाल आउँदै गर्दा थापालाई वीरगन्ज उपमहानगरपालिका–१९ बाट पक्राउ गरिएको हो । थापाको साथमा अवैध लागुऔषध, इन्जेक्सन फेनारगन ४०, नर्फिन ४६, डाइजेपाम ४८ थान र नाइट्रोभेट ट्याबलेट ३०० वटा फेला परेको जिल्ला प्रहरी कार्यालय विरगंजलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।