आइतवार, बैशाख २३, २०८१

मन्त्रिपरिषद् विस्तार आज

काठमाडौं फागुन ६, प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बुझिएको छ । यसको लागि प्रधानमन्त्री कोईरालाले पार्टी sushilकार्यालय सानेपामा बस्दै गरेको काँग्रेस संसदीय समिति बैठकबाट पाटीको तर्फबाट मन्त्री हुनेको नाम छनोट गर्न आवश्यक निर्देशन दिनुभएको स्रोतले जनाएको छ । नेकपा एमालेसंगको गृह मन्त्रालय विवादले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार हुँन नसक्दा राम्रो सन्देस प्रवाह हुँन नसकेको भन्दै तत्काललाई कांग्रेसबाटै आज साँझसम्ममा मन्त्रिपरिषद् बनाउने तयारीमा प्रम कोइराला लागि परेको बताइैएको छ । त्यस्तै एमालेले मन्त्री नपठाएपनि कांग्रेसले आफ्ना तर्फका मन्त्रीहरुको सिफरिस रकार्य विभाजन सहित आज सांझसम्ममा प्रधानमन्त्रीले सपथ गराउने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ ।