बुधबार, बैशाख १२, २०८१

गृह विवादका कारण सरकार विस्तारमा व्यवधान, दुवै दल आ-आफ्नै अडानमा,एमाले स्थायी समितिको बैठक बस्दै

    काठमाडौँ फागुन ८,  काँग्रेस सभापति सुशील कोइराला नेतत्वको सरकार विस्तारकालागि भइरहेको विमम्लाइ सम्बोधन गर्न बुधवार प्रधानमन्त्री कोइराला र नेकपा एमालेका महासचिव ईश्वर पोखरेलबीच भएको छलफले पनि खासै निष्कष पाउँन सकेनन । वि भएपनि ठोस प्रगति हुन सकेन । सरकार गठनका लागि nc & umlगत माघ २६ गते काँग्रेस र एमालेबीच भएको सातबुँदे सहमति र मन्त्रालय बाँडफाँड अन्र्तगत चुलिएको गृह मन्त्रालय विवादका कारण एमाले सहितको सरकार विस्तार हुँने भनिए पनि आज सम्म पनि सरकार विस्तार हुँनसकेका छैनन । तर सातबुँदे सहमति अनुरुप काँग्रेस सभापति कोईराला प्रधानमन्त्रीमा र एमालेका सभासद् सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्षमा निर्वाचित भई पदभार समेत ग्रहण गरिसक्दा पनि यि दुइ दलवीच ग्ह मन्त्रालय उपरको विवाद अर्थाथ काँग्रेसले गृह मन्त्रालय एमालेलाई दिनै कुनै सहमति नभएको जिकिर गर्दै आएको छ भने एमालेले भने काँग्रेसले गृह मन्त्रालय आफ्नो पाटीलाइ दिने सहमति गरेको बताइरहेका छन । 

यसैवीच मन्त्रिपरिषद् विस्तार र नेपाली काँग्रेसससँगको सहकार्यको प्रसंगमा छलफल गर्न आज एमाले स्थायी समितिको बैठक बस्दैछ । बिहान पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा नेपाली काँग्रेसबाट सरकार विस्तारका लागि माग भई आएको मन्त्रीहरुको नामावली लगायतका िविषयमा छलफल हुने एमाले सम्वद्ध स्रोतले जनाएको छ ।  त्यस्तै बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको सहभागिताका विषयमा छलफल गदै एमाले शीर्ष नेतृत्वले यो बीचमा सरकारमा जाने वा नजाने भन्ने प्रसंगमा काँग्रेससंग गरेको छलफलमा विशेष छलफल सहित एमाले निष्कर्षमा नितिगत निणय गर्ने तयारी रहेको बताइएको छ ।