मङ्लबार, बैशाख २५, २०८१

विद्यालयलाई कम्प्युटर तथा सौर्यवत्ती हस्तान्तरण

 स्याङ्जा फागुन २ . स्याङ्जाको रापाकोट गाविसमा रहेको जन उच्चमाध्यमिक विद्यालयलाई रोटरी क्लब इन्टरनेसनल बेलायतले रु नौ लाख रुपैयाँ बराबरका  solar-computer-top_64पाँच थान कम्प्युटर, इन्टरनेट जडान उपकरण, सोलार प्यानल र ब्याट्री बिहीबार हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ हिमालयन गोर्खा नेपाल र रोटरी क्लब इन्टरनेसनल बेलायतले संयुक्तरूपमा यहाँ एक कार्यक्रमको आयोजना गरी कम्प्युटर लगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्राचार्य तारापति पौडेलले जानकारी दिनुभयो ।

कम्प्युटर तथा उपकरण हस्तान्तरण समारोहमा बोल्दै रोटरी क्लब इन्टरनेसनल बेलायतका एन्डी मोरिसनले यी सामग्रीको सही प्रयोग भएमा विद्यार्थीहरूमा स्वअध्ययन तथा अनुसन्धान गर्ने सीपको विकास हुने धारणा राख्नुभयो । विद्यालयका प्राचार्य पौडेलले तत्कालै विद्यालयमा इन्टरनेट जडान गरी सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31