बुधबार, बैशाख १९, २०८१

काँग्रेस संसदीय दलको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

 काठमाडौँ माघ ९, नेपाली काँग्रेसले संसदीय दलको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गरेको छ । काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडू Congress-flagसंयोजक रहेको निर्वाचन समितिले संविधानसभा संसदीय दलको नेता चयनका आगामी माघ १२ गते हुँने निवाचनको लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो ।

नेपाली काँग्रेस प्रवक्तासमेत रहनुभएका बडूले आज दलको कार्यालयमा पत्रकारसँग कुरा गर्दै दलको नेता सर्वसम्मत चुन्ने पार्टीको चाहना र प्रयत्न रहे पनि त्यो संभव नभएको खण्डमा निर्वाचनमा जानैपर्ने बाध्यता भएकाले निर्वाचन प्रक्रियालाई पनि सँगै अघि बढाइएको बताउँदै दलको नेता छनौटको लागि अन्तिम समयसम्म पनि प्रयास गरिने जानकारी दिनु भएको छ । यदि सहमति हुँन नसके निर्वाचनको विल्प नभएको भन्दै नेतावडुले माघ १२ गते दलको नेता छनौटको लागि निर्वाचनको विधिबाट दलको नेता छनौट गरिने बताए ।  काँग्रेसमा संसदीय दलको नेताको डौदमा पार्टी सभापति कोइराला, उपसभापति पौडेल र वरिष्ठ नेता देउवा रहेका छन ।