बुधबार, बैशाख १२, २०८१

काँग्रेसको एमालेबिना नयाँ सरकार बनाउँने शोच दिर्घकालिन हुँदैन: उपाध्यक्ष गौतम

 काठमाडौँ माघ ९ , नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले प्रेस चौतारी नेपालले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै bamdaveराष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म नयाँ सरकार गठन हुन नसक्ने बताउनुभएको छ ।

त्यस्तै उपाध्यक्ष गौतमले राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरताका सम्बन्धमा काँग्रेसले लिएको अडान प्रति विमति जनाउँदै जव सम्म राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने पक्षमा काँग्रेस लगायतका दलहरु सहमत हुँदैनन तव सम्म सरकार गठन प्रक्रियाले पनि मुर्तता पाउँन नसक्ने दावी प्रस्तुत गनु भएको हो । साथै नेता गौतमले यदि काँग्रेसले एमालेबिना नयाँ सरकार बनाउँने शोच बनाएको खण्डमा त्यो सरकार दिर्घकालिन नहँने भन्दै उहाँले एक वर्षभित्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्र्न सहमतिको आवश्यकता रहेको बताउनु भएको छ ।