ललितपुर पौष २६, विज्ञहरूका अनुसार काठमाडौंमा विसं १९९० माघ २ गतेको जस्तो महाभूकम्प अब फेरि दोहरिएमा करिव एक लाख मानिसले ज्यान गुमाउनुर्पे र ६० प्रतिशत भवनहरू नष्ट हुने अनुसन्धानबाट देखिएको बताएका छन । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले (एनसेट)द्वारा १६औं भूकम्प सुुरक्षा दिवसको अवसरमा आज आयोजित भूकम्पीय जोखिम न्यूनिकरणमा आमसञ्चारको भूमिका’ विषयक छलफल कार्यक्रममा सो संस्थाका उपकार्यकारी निर्देशक ईन्जिनियर रमेश गुरागाईले भूकम्प हुनुको मुख्य कारण भौगर्भिक बनोट रहेको बताउँदै भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं सहर सबैभन्दा जोखिमपूर्ण दृष्टिकोणले ११ आँै स्थानमा र काठमाडौं सहर विश्वको प्रथम स्थानमा पर्ने बताउँनु भएको छ । कार्यक्रमको प्रारम्भमा एनसेटका आमसञ्चार संयोजक खड्ग सेन ओलीले भूकम्पीय जोखिम न्यूनिकरणमा आमसञ्चारको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएकाले एनसेटले आमसञ्चारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले हाल देशका विभिन्न २८ वटा एफएम र दुईवटा टेलिभिजनमा एनसेटको सहयोगमा नियमित कार्यक्रम प्रशारण भईरहेको जानकारी दिनुभएको छ ।
भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं सबैभन्दा जोखिमपूर्ण
January 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np