शुक्रबार, बैशाख १४, २०८१

सर्वोच्चको फैसला कुर्नुको विकल्प छैन : नेता महत

 काठमाडौँ पौष २६, नेपाली काँग्रेसका नेता डा रामशरण महतले राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिले बैठक बोलाउने भएपनि संविधानले प्रधानमन्त्रीले बैठक बोलाउने कुरा गरेर सो विवाद सर्वोच्च अदालतमा पुगिसकेकाले सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको स्पष्ट पार्दै अन्तरिम संविधानको mahat netaव्यवस्थाले गर्दा संविधानसभा बैठक बोलाउने विषयमा विवाद भएको बताउनुभएको छ ।

 साक्षात्कार कार्यक्रमका अर्का वक्ता नेकपा (एमाले)का सचिव युवराज ज्ञवालीले भने संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा प्रधानमन्त्री कसले बोलाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलालाई मानेर जानुको विकल्प नभएको बताउनुभएको छ ।   संविधानसभाले पूर्णता पाइसकेपछि मात्र सरकार बन्ने भएकाले पहिलो जतिसक्दो छिट्टो संविधानसभा बैठक बस्ने वातावरणको निर्माण गर्नुपर्ने भन्दै सचिव ज्ञवालीले सरकार निर्माणका लागि नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने हो भने सरकार सञ्चालन, कार्यविभाजनको ठोस खाका ल्याउनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा एमाओवादीका नेता अग्निप्रसाद सापकोटाले संविधानसभाको बैठक बोलाउने विषयमा विवाद गर्नै नपर्ने विषयमा विवाद भएको भन्दै जतिसक्दो छिट्टो संविधानसभाको बैठक बोलाउनुपर्नेमा जोड दिनुभएको थियो ।