बुधबार, बैशाख २६, २०८१

निर्वाचन लक्षित हुँदै काठमाडौं प्रशासनले ३ दिन लगायो मदिरा विक्रि,वितरण र सेवनमा रोक

काठमाडौं बैशाख २५ ,

जिल्ला प्रशासन कार्यालय काठमाडौले आज एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन सवैमा आग्रह गरेको छ ।

प्रशासनले जारी सूचना मार्फत बैशाख ३० गते हुने निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।

 त्यस्तै जारी सूचनमा निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन समेत गर्दै जारी सूचनाको वर्खिलापका कार्य तोकिएको समयमा गरेर गराइएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने जनाएको छ।