शनिबार, बैशाख १५, २०८१

सोधपुछका लागि भन्दै कतारमा महासंघका अध्यक्ष सहित चार पत्रकार सीआइडी कष्ठडिमा

काठमाडौं पुस २९, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य महासचिव रमेश विष्ट सहित ४ जना पत्रकारलाई कतारका सुरक्षा समयन्त्र   सीआइडीले सोधपुछका लागि भन्दै  सीआइडीले  कष्ठडिमा लिएको  छ ।   नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य महाचिव विष्ट प्रेस काउन्सीलका सदस्य खिलबहादुर भण्डारी, र कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई कार्यक्रमस्थलबाटै त्यहाँको सीआइडीले कष्ठडिमा  लिएको   हो ।

यद्यपी महासंघका महाचिव विष्टले आफ्नो सामाजीक सञ्जालको माध्यमबाट मिडियामा आएजस्तो कुनै घटना भनइ सामान्य जानकारी मागेको बताउँदै प्रचार गरेजस्तो केही नभएको जनाउ दिनु भएको छ ।  उहाँहरू सोमबार नेपाल आउदै गरेको बताईएको छ । 

स्मरण रहोस झण्डै ६ महिना यता साउदी अरब र उस्का प्रमुख छिमेकी राष्ट्रहरूले कतार माथि लगाउँदै आइरहेको जल,स्थल र हवाई मार्गको नाकाबन्दीका कारण त्यहाँको सुरक्षा स्थिती खलबलिएनुको अलावा  नेपाली कामदारहरुले समेत हाल रोजगारी गुमाइरहेका छन् ।