बिहिबार, चैत्र १५, २०८०

न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

 काठमाडौं पुस २८ ,  आज बसेको मन्त्रीपरिषदको बैठकले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार गंगाधर पराजुलीलाई दुई वर्षका लागि नियुक्त गरेको छ ।  अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा ८जनाको आवेदन परेकोमा आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा परेका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्रालयले जनाएको छ ।

नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसेका पत्रकार पराजुलीले गोरखापत्र लगायतका  विभिन्न राष्ट्रिय र स्थानीय सन्चारमाध्यमको जिम्मेवाीपूर्वक कार्यानुभव हाँसिल गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।