शनिबार, बैशाख १५, २०८१

प्रम देउवा सहित दुइदर्जन भन्दाबढि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौ असोज ९, सरकार गठन भएको लामो समयपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का दुइदर्जन भन्दा बढि सदस्यहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गर्नु भएको संचार मन्त्रालयले जनाएको छ । सञ्चारमन्त्रालयका अनुसार आइतवार सम्पति सार्वजनिक गर्नेहरुमा उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ त्यस्तै मन्त्रीहरु Captureगिरिराजमणि पोखरेल, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, जनार्दन शर्मा, प्रभु साह, गोपाल दहित, रामकृष्ण यादव, वीरबहादुर वलायर, मीनबहादुर विश्वकर्मा , भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, टेकबहादुर वस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु  त्यस्तैगरि मिथिला चौधरी तथा राज्यमन्त्रीहरु गोमा कँुवर, ओङ्दी शेर्पा, शेषनाथ अधिकारी, दिलमान पाख्रिन, चम्पादेवी खड्का र यशोदाकुमारी लामा र यज्ञबहादुर थापा रहनु भएको जनाएको छ ।

यस्तो छ प्रम देउवा सहित  दुइदर्जन भन्दाबढि  मन्त्रीहरुको सम्पत्ति विवरण