बुधबार, बैशाख १२, २०८१

एजेन्डा मिल्ने दलसंग सहकार्य गर्ने परिवार दलको तयारी

काठमाडौं असोज ९ , नेपाल परिवार दलको दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा आइतवार सम्पन्न केन्द्रीय समितिको बैठकले आसन्न प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागि प्रस्तावित उम्मेदवारको नाम असोज २० गते भित्र केन्द्रमा पेश गर्न सबै जिल्ला समन्वयन समितिलाई निर्देशन दिएको छ ।

21761915_1442081539180694_5921928158426352058_nत्यस्तै बैठकमा अध्यक्ष ढकालले सबल राष्ट्रियता र दिगो समाबेशी विकास अहिलेको आवश्यकता रहेको भन्दै परिणाममुखी काम गर्न अन्य दलहरुसंग सहकार्य गर्न सकिने बताउँदै आसन्न निर्बाचनमा एजेन्डा मिल्ने दलहरुसंग सहकार्य गरि अघि बढ्न सक्ने नितिगत निर्णय भएको जानकारी दिनु भएको छ ।  यसको लागि बैठकले दलका अध्यक्ष एकनाथ ढकाललाइ पार्टीको हितलाई केन्द्रमा राखी उपयुक्त निर्णय गर्न दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकाललाई अधिकार दिने निर्णय गरेको प्रबक्ता सन्तोष कुमार पौडेललाय उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै प्राप्त समाचारमा बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा नेपाल परिवार दलका उम्मेदवारहरुको मनोनोयनको औपचारिक पत्रमा महामन्त्री श्री बिनोद डाँगीको हस्ताक्षर हुने निर्णय सहित दलले नेपालीहरुको महान पर्ब बिजय दशमी २०७४ को पावन अबसरमा सबैमा सुख, शान्ति र सम्मृद्धिको सुभकामना समेत ब्यक्त गरेको उल्लेख गरिएको छ ।