शनिबार, बैशाख १५, २०८१

प्रदेश नम्बर २ निर्वाचनको प्रारम्भिक मत गणनाको नतिजामा कांग्रेसको अग्रता

काठमाडौं असोज ४ , प्रदेश नम्बर २ अन्र्तगतका ८ जिल्लामा गत असोज २ गते भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम सुरु भएको छ । १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।  प्रारम्भिक मत गणनाको नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच Captureप्रतिस्पर्धा देखिएपनि प्राप्त पछिल्लो जानकारीअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा अगाडि देखिएको छ ।

अहिलेसम्म कांग्रेसले २६ स्थानीय तहमा अग्रता लिएको छ भने संघीय समाजवादी फोरम २५, नेकपा एमाले २३, नेकपा माओवादी केन्द्र १९, राष्ट्रिय जनता पार्टी १६ र नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा अग्रता लिइरहेका छन् । महोत्तरीमा नेपाली कांग्रेसका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि छन् ।  त्यस्तै पर्सामा वीरगन्ज महानगरपालिकासहित २ स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यसैगरी नेकपा एमालेले ३, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टीले २ र नेकपा माओवादी केन्द्रले एउटा स्थानीय तहमा अग्रता लिएका छन् । यस्तै बारामा पनि नेपाली कांग्रेसले ५, राष्ट्रिय जनता पार्टीले ४, नेकपा एमालेले दुई उपमहानगरपालिकासहित ३, संघीय समाजवादी फोरमले ३, माओवादी केन्द्रले १ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानीय तहमा अग्रता लिएका छन् । रौतहटको एउटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् भने सर्लाहीमा पनि कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता लिएको छ । त्यसैगरी संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३र३ स्थानीय तहमा अग्रता लिएका छन् भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार तीन वटा स्थानीय तहमा अगाडि छन् ।  राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम २, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडि रहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार १/१ स्थानीय तहमा अगाडि रहेका छन भने धनुषामा संघीय समाजवादी फोरमका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि देखिएका छन् ।