शनिबार, बैशाख ८, २०८१

काँग्रेसको चियापन संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रमा

काठमाडौ असोज ३,  विस २०३३ सालमा काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला प्रवासबाटस्वदेश फर्केपछि सुरु गर्नु भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम परम्परागत निरन्तरता अनुरुप काग्रेसले यसपटक शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम Captureसम्बन्धित संसदीय÷प्रादेशिक निर्वाचन क्षेत्रमा नै गर्ने भएको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रादेशिक तथा संसदीय निर्वाचनमा क्रियाशील रहनुपर्ने भएकाले ललिपुर सानेपास्थित पार्टी मुख्यालयमा आयोजना हुँदै आएको सो कार्यक्रमलाई यस पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने निर्णय भएको पार्टी कार्यालका मुख्य सचिव कृष्ण पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।