शनिबार, बैशाख १५, २०८१

काठमाडौं काँग्रेसबाट प्रदेश उम्मेदवारमा श्रेष्ठ र सिंले गरे उम्मेदवारी घोषणा

काठमाडौ असोज ४ , गत असोज २मा प्रदेश न २ को स्थानीय चुनाव सकिएसंगै प्रदेश र केन्द्रको चुनावी चर्चा सुरु हुन थालेको छ । आगामी मसिर हुने १० २१ गते गरि दुइ चरणमा हुने निर्वाचनको लागि राजनितिक दलका नेताहरुले आ-आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

Captureयसैक्रममा काठमाडौं काँग्रेस क्षेत्र ८ बाट क्षेत्रीय सचिव समेत रहेका राजेश श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणाा गरेका छन भने क्षेत्र न ७ बाट महाधिवेशन प्रतिनीधी प्रशान्तमान सिंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

जनतामाझ लोकप्रिय रहेका काँग्रेसका यि युवा नेताद्दयको उम्मेदवारी घोषणालाइ स्थानीय कांग्रेसका नेताकार्यकर्ताहरु स्वभाविक भएको बताउँदै जनसेवामा निरन्तर खटिरहने श्रेष्ठ र सिंहको उम्मेदवारी घोषणालाइ विजयमा  रुपान्तरण  गर्न  स्थानीय   काँग्रेसका  नेता तथा कार्यकर्ता  र स्थानीय जनता समेत  चुनावी मैदानमा ओर्लिसकेका छन ।