शुक्रबार, बैशाख १४, २०८१

गायक गौतम र गायिका एन्जिलाको मेरो हरपल सार्बजानिक (भिडियो सहित)

काठमाडौ भाद्र २९,  सुमधुर आवाजका धनि गायक आशिष गौतम सचिन मोफसलमा बसेर गित संगीतमा सक्रिय रही नेपाली सांगीतिक क्षेत्रलाइ केहि गरु भन्ने अभिप्रायको साथमा अगाडी बढी रहेका छन । भर्खरै मात्र मेरो हरपल तिमि बोलको गित रेकर्ड गराई म्युजिक भिडियो समेत नेपाली सांगीतिक बजारमा लिएर Captureआएका गायक आशिषले गायिका एन्जिला रेग्मीको साथमा मेरो हरपल तिमि मनको हलचल तिमिूभन्दै सांगीतिक बजारमा छाएका छन ।

सानै देखि गित संगीतमा रुचि राख्ने उनि पेशाले एक ब्यबसायी भएपनि नृत्य निर्देशक हुदै एक सौन्दर्य प्रतियोगितामा टप टेनमा समेत पर्न सफल भएका गौतम अहिले चाइना र हङकङमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका छन । नेपाली गित संगीतलाई नेपालमा मात्र नभएर विदेशमा समेत चिनाउन लागि परेका गायक गौतमको मेरो हरपल तिमि मनको हलचल गीतमा शब्द तथा संगीत भिम बिसीको रहेको छ भने यस गितको म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन । मोडल आकाश श्रेष्ठ र मरिस्का पोखरेलको अभिनय रहेको म्युजिक भिडियोलाइ विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।