बिहिबार, बैशाख १३, २०८१

मिस यूके नेपाल ०१७ को ताज सृजनालाइ

21740535_1789410364421509_1807521257225705100_n

Ezra Shrestha/भाद्र २७,  इभेन्टस एण्ड आइडियाज प्रोडक्सनको प्रस्तुति मिस यूके नेपाल ०१७ को छैटौं संस्करण सृजना गुरुङले जितेकी छन् । आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न 21730924_1789409771088235_6489778715996068075_nप्रतिष्पर्धामा अन्य ७ प्रतिस्प्रर्धीलाई पछि पार्दै सृजनाले मिस यूके नेपाल ताजसहित आठसय पाउण्ड हातपारेकी छिन ।

त्यस्तै प्रस्तुत प्रतियोगितामा फष्ट रनर अप सुजना पुन र सेकेन्ड रनरअप लिसा सुनारले जितेकी छिन चने अन्य विधागत उपाधी अन्र्तगत एलिन गर्बुजाले मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी र ब्युटी वीथ दि परपोज गरि तीन उपाधि जितिन् भने लिसा सुनार मिस टयालेन्टको ताज हातपारेकी छिन । प्रतियोगिताको निर्णायकमा कृष्ण भट्ट, विमला सेने, गायक आनन्द कार्की, दुर्गा गुरुङ र डा. रेणुका गुरुङ रहनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।