मङ्लबार, जेष्ठ २३, २०८०

संगीतकर्मीत्रय लाइ दान्य-हिरा सिरपा सम्मान

अनुप प्रधान/ असोज २६ , नेपालभाषा एकेडेमिको आयोजनमा नेपालभाषा संगीत र भाषा-साहित्यको क्षेत्रमा योगदान पुर्याउदै आएका ब्यक्तिलाई बर्षेनी प्रदान गर्दै आइरहेको कदरपत्र सहित जनही रु १७,हजार को राशी रहेको “दान्य-हिरा सिरपा संगीत सिरपा अर्थात पुरस्कार ११३७” यस पटक संगीत बिधा अन्र्तगत गायक, संगीतकार र गीतकार तिनै जनालाई दिइने भएको छ ।

गायन,संगीत र रचना विधाको मनोनयनमा परेका मध्येबाट चर्चित संगीतकार न्ह्यू बज्राचार्य, गायक स्वयम्भुराज शाक्य र रीता महर्जनको  निर्णायक टोलीको सिफारिसमा आगामी असोज २९ गते एक कार्यक्रमकावीच गायनमा इश्वर अमात्य, संगीतकारमा बिरेन शाक्य र रचनाकारमा काजिराज शाक्य लाइ “दान्य हिरा संगीत सिरपा ११३७” प्रदान गरिने आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 त्यस्तै कार्यक्रममा नेपालभाषा संगीत क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका काठमाडौं बलम्बु निवासी भीम बहादुर नकर्मी लाई “दान्य-हिरा लाइफटाइम एचिभ्मेन्ट अवार्ड ११३७” द्वारा सम्मान गरिने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30