शनिबार, बैशाख ८, २०८१

अमेरिकावाट चलचित्र अमेरिकन बाबु मेड इन नेपालको पोष्टर रिलिज

काठमाडौ असोज ६ , अमेरिकाको न्यूयोर्कमा संम्पूर्ण छायाँकन भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर रिलिज भएको छ । लगभग पोष्ट–प्रोडक्सनको सवै काम समपन्न भैसकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव चाँडै रिलिजको क्रममा रहेको प्राप्त समाचारमा उल्लेख गरिएको received_10154726350195124छ।  चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा मुलत लो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिकामा बस्दाको बास्तविक कथा र उनीहरुको अमेरिका भोगाईको यथार्थ चलचित्रमा हेर्न र देख्न पाइने निर्माता मध्येका एक अमेरिकामा नै रहेका राजेश गुरुङले जानकारी दिनु भएको छ ।

सुरेन्द्र नकर्मीको लेखन तथा शंभु मोक्तानको छायाँकन रहेको यस चलचित्रमा इसान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, संझना उप्रेती लगायतका कलाकारका साथमा नेपालका चर्चित गायक तथा नायक बाबु बोगटीको पनि विशेष भूमिका रहेको छ।
संगीत ओम कर्माचार्य र बाबु बोगटीले दिएका छन् भने शब्द ओम कर्माचार्य, बाबु बोगटी र ईश्वर थापाको रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा बाबु बोगटी, जगदीश समाल, अञ्जना गुरुङ र सविता श्रेष्ठको गायन रहेको छ।  त्यस्तै चलचित्रको निर्मातात्रयमा क्रमस राजेश गुरुङ, संझना उप्रेती र मञ्जु रानामगर रहेका छन्।