शुक्रबार, बैशाख १४, २०८१

आज मध्यरातबाट निर्वाचनको मौन अवधि शुरू

काठमाडौं भाद्र ३०,  प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्र्तगत दल र उम्मेदवारहरुले मध्यराति १२ बजे अगाडीसम्म मात्र प्रचारप्रसार गर्न पाउने छन् । त्यस उपरान्त आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएको छ ।

870880256निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन प्रतिवन्धित हुनुको अलावा तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मि वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्ने व्यवस्था रहेको छ ।

त्यस्तै मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दलका उम्मेदवार , स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सञ्चार जगत्ले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारका समाचार लगायतका कनैपनि सामाग्री प्रकाशन वा प्रशारण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।