बुधबार, बैशाख २६, २०८१

देउवा नेतृत्वको सरकारका सय दिने उपलब्धि सार्वजनिक(पूर्ण विवरण सहित)

काठमाडौं भाद्र २९, शेरबहादुर देउवा नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै १०० दिनको अवधीमा सरकारले गरेका कामको प्रगति विवरण सार्वजनिक गरिएको छ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री मोहन बस्नेतले छोटो समयमा सरकारले महत्वपूर्ण उपलव्धि हाँसिल 100Days-1गर्न सफल भएको दावी गर्दै सरकारले संक्रमणकालिन अवस्थाको व्यवस्थापन गर्न सफल भएको, सवै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्ने दिशामा सरकार अघि ��ढेको, भूकम्पपछिको पुननिर्माणले तिव्रता लिएको, मधेसवादी राजनीतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागि हुने बतावरण मिलाएको लगायतका काम गर्न सफल भएको दावी गर्नु भएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बस्नेतले वर्तमान सरकार गठन भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनाका साथै आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको तयारी पूरा भएको बताउनुभयो । “सरकारले संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न मिति घोषणा गर्नुका साथै निर्वाचनको आवश्यक तयारी समेत सुरु गरिसकेको बताउँनु भएको छ ।

साथै सरकारले यसवीचमा अविरल वर्षापछि मुलुकभर आएको बाढी, पहिरो र डुबानबाट अस्तव्यवस्त जनजीवनलाई सामान्यीकरण गर्न तत्काल राहत, उद्धार र पुनःस्थापनामा केन्द्रित रहेको जनाउँदै सय दिनको अवधिमा भारत र चीनलगायत अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरमा भएको भ्रमणले छिमेकी मुलुक एवं अन्तर्राष्ट्रियस्तरमा आपसी कूटनीतिक सम्बन्ध अझ बढी सुदृढ भएको बताउँनु भएको छ । त्यस्तै सय दिनकै अवधिमा बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक काठमाडौँमा हुनु र बैठकले बिमस्टेकको शिखर सम्मेलन उपयुक्त समयमा काठमाडौँमा गर्ने निर्णय गर्नु नेपालका लागि गौरवको विषय भएको बताएको छ ।

सरकारका  १०० दिने उपलब्धिको पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोला ।  

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031